दफा १६
सहयोग आदान प्रदान गर्न सक्ने
(१) विभागले विदेशी मुलुकको समान प्रकृतिको काम
गर्ने निकायसँग पारस्परिकताका आधारमा सहयोग आदान प्रदान गर्न सक्नेछ ।
(२) विभागले यस दफा बमोजिमको सहयोग आदान प्रदान गर्ने विधि, शर्त तथा
प्रकृया निर्धारण गर्न समान प्रकृतिका काम गर्ने विदेशी मुलुकको निकायसँग आवश्यकता
अनुसार आपसी समझदारी कायम गर्न सक्नेछ ।
(३) विभागले उपदफा (२) बमोजिम समझदारी कायम गरेमा सोको जानकारी
यथाशीघ्र नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई दिनु पर्नेछ ।